सांसदको काम कर्मचारी र प्रहरीको सरुवा गर्ने मात्र हो ? सांसद शेचरन
पाेखरा | फागुन १४, २०७९
पोखरा: गण्डकी प्रदेश सभा सदस्य जीतबहादुुर शेरचनले अहिले सांसद तथा मन्त्रीहरुले सरकारी कर्मचारी तथा प्रहरीको सरुवा गर्ने काम मात्र गरेको बताएका छन् ।
गण्डकी प्रदेश सभाको पहिलो अधिवेशनको १४औं बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले सांसद तथा मन्त्रीहरुको अरु काम देखिएको छैन्, सरकारी कर्मचारी र प्रहरीको सरुवा गर्ने मात्र भएको छ, शेरचनले भने, ‘अहिलेबागलुङको बुर्तिबाङ मालपोत कार्यालयमा कर्मचारी छैन्, जान मान्दैन, मालपोत पठाएको कर्मचारी मन्त्री सांसदको फोर्स लगाएर नगरपालिकामा बसेको छ ।’
प्रदेश सभामा सांसद शेरचनले सुगम र दुर्गममा भएका आफु नजिकको सरकारी कार्यालयमा सरुवा गर्ने परिपाटी रहेको बताए ।
‘सांसद मन्त्रीहरुले अहिले पनि दुर्गम जिल्लामा भएका आफु नजिक कर्मचारीहरुलाई सुगम जिल्लातिर सरुवा गर्ने गरेका छन्, उनले भने, ‘आज मन्त्रालयमा एउटा फाइल लिएर जाने हो भने, १५/२० ठाउँ हस्ताक्षर गर्न पर्छ, आवश्यक रहेको क्षेत्रमा पूर्वाधार निर्माण गर्न ४/५ ठाउँमा हस्ताक्षर गरे हुँदैन ।’
आज गण्डकी प्रदेश सभामा गण्डकी प्रदेश निजामति सेवाको गठन,सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशमा छलफल भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

